११ मंसिर २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिसँगको डिनरमा कडाई, सहभागीले पालना गर्नुपर्नेछ यस्ता नियम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ सोल्टी होटलमा साँझ ७ बजे रात्रीभोज दिँदैछिन् । तर, उक्त रात्रिभोजमा कडाई गरिने भएको छ । रात्रीभोजका निम्तालुहरुले कडा अनुशासनमा बस्नुपर्ने भएको छ ।

रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ । परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ ।

रात्रिभोजमा सहभागी हुने पुरुषहरुले नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी लगाउनु पर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनुपर्ने छ । जुत्ता भने तुनावाला कालो रंगको हुनुपर्ने छ । महिलाहरुलाई सारी वा गाढा रंगको सुट लगाउन मन्त्रालयले भनेको छ ।

अतिथिहरुलाई सुरक्षा जाँच गराएरमात्र रात्रिभोज स्थलमा प्रवेश दिइने भएकाले तोकिएको समयभन्दा ४५ मिनेट अगाडि नै भोजस्थलमा पुगिसक्न मन्त्रालयले बाँडेको निम्तोपत्रमा भनिएको छ ।

भोजको बेला मोबाइल फोन अन गर्न र तस्वीर खिच्न मनाही गरिएको छ । अर्थात, भाेज अवधीभरी मोबाइल अफ गर्नुपर्नेछ भने तस्वीर पनि खिच्न पाइने छैन ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने छ ।

खाना खाइरहेको बेला उठ्न पाइने छैन र चिनियाँ राष्ट्रपति सी हलबाट बाहिर निस्किएपछि मात्र अन्य अतिथिहरु आफ्नो स्थानबाट उठ्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।