
काठमाडौँ, २५ असोज । चीनका राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता हुने भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा ‘वान टू वान’ भेटवार्ता हुने भएको हो ।
दुई पार्टीका प्रमुखका हिसावले उनीहरुबीच एक्लाएक्लै भेटवार्ता तय भएको प्रचण्डनिकट एक नेताले बताए ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीसँगको दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् ।
यसअघि सन् २०१३ मा राष्ट्रपति भएलगत्तै सीले तत्कालीन एकीकृत माओवादीका अध्यक्ष रहेका प्रचण्डलाई एक्लै बेइजिङ निम्त्याएर भेटवार्ता गरेका थिए ।
त्यसपछि सीसँग प्रचण्डको भेट दोस्रो पटक प्रधानमन्त्री भएपछि बेइजिङमा र ब्रिक्स–बिमस्टेक आउटरिचमा सहभागी हुने क्रममा भारतको गोवामा भएको थियो ।











प्रतिक्रिया