काठमाडाैं, २५ असाेज । चिनियाँ राष्ट्रपति सी जिनपिङ सवारी हुने बाटो प्रधानमन्त्री केपी ओलीले स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरू हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।
राष्ट्रपति सी चिनफिङको शनिबार अपराह्न दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।
राष्ट्रपति सी सवार एयर चाइनाको विमान अपरान्ह साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।











प्रतिक्रिया