१४ कार्तिक २०८३, शनिबार

उदयपुरमा आमा र छोरीको हत्या

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाइघाट, २५ असाेज । उदयपुरमा धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या भएको छ ।

त्रियगा नगरपालिका ९ राजावासस्थित ३२ वर्षीया सारदा कुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचना चौधरीको घरमै शुक्रबार राति हत्या भएको हो ।

उनीहरूको शव शनिबार विहान घरभित्र फेला पारेपछि छिमेकीले प्रहरीलाई खबर गरेको उदयपुर प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । सासु ससुरा उदयपुरकै शिवाइमा बस्दै आएका छन् ।