२ कार्तिक २०८३, सोमबार

‘घरेलु हिंसा घटनाका दोषिलाई कडा कारवाही गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ फागुन । महिलामाथि हुने हिंसाका घटनाहरुमा दोषिलाई कडा कारवाहीको माग गरिएको छ । सरोकारवालाहरुले अधिकांश घटनालाई मिलापत्र गरेर दोषिलाई उन्मुक्ति दिने गरेको भन्दै हिंसाका घटना संलग्न जोसुकैलाई पनि कडा कारवाही गरिनुपर्ने माग गरेका हुन् ।

हिसांका घटनाहरुलाई मिलापत्रमा बढी जोड दिने भएकोले त्यस्ता घटनाहरू दोहोरिने भन्दै यस्ता घटनाहरू मिलापत्रमा जोड दिन नहुने एक कार्यक्रममा सरोकारवालाहरूले बताएका हुन् । महिला तथा वालबालिका कार्यालय रसुवाको आयोजनामा भएको एक कार्यक्रममा नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूले हिंसाका घटनाहरू गाउँमै मिलापत्र हुने गरेकोले त्यस्तो न्युन गर्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी मिठु तामाङले महिलाहरू घरेलुहिंसाबाट प्रताडित भएकोले घटनाका पीडितहरूलाई न्यायको ढोकासम्म आउने बातावरण हुनुपर्ने र पीडकलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताईन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यज्ञ भट्टराईले यस्ता घटनाहरूको जाहेरी पर्ने क्रम बढेको र आगामी दिनमा हुने घटना बारे प्रहरीमा तत्काल खबर आए कारबाहीको दायरामा ल्यााउने बताए ।

जिल्लामा कुटपीट तथा खुकुरी, छुरी जस्ता साना हतियारको प्रयोगबाट घाईते हुने र महिलामाथि हुने हिंसाका घटनाहरु पनि बढेको र त्यस्ता मुद्दाहरुमा पीडितको पहुँच सरकारी निकायसम्म पुग्न नसकेको ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले बताए ।

घटनामा आरोपी र पीडित दुवैले आफ्नो बेईज्जत हुन्छ भन्ने परम्परागत मान्यताले घटनाहरु मिलापत्र हुने गरेको उनले बताए ।
कार्यक्रममा बिभिन्न सरोकारवालाहरूले कानुनको कार्यान्वयन फितलो र गाउँका घटना गाउँमै मिलापत्र हुनाले पीडितले नयाँको अनुभुति गर्न नसकेको गुनासो गरे ।