२ कार्तिक २०८३, सोमबार

सहमतिमा संविधान बनाउन क्रान्तिकारी पत्रकार सङ्घको दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krantikari-Patrakar-Sanghकाठमाडौँ, १४ फागुन । विगतमा प्रमुख दलबीच भएको सहमतिका आधारमा संविधान जारी गर्न माग गर्दै क्रान्तिकारी पत्रकार सङ्घले प्रभातफेरी निकालेको छ ।

सुन्धाराबाट सुरु भएको प्रभातफेरी शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले कोणसभालाई सम्बोधन गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिसहित विगतका सहमतिका आधारमा संविधान जारी गर्न सबै राजनीतिक दल प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

उहाँले दलीय आग्रहभन्दा माथि उठेर तत्काल सहमतिमा संविधान जारी हुने वातावरण मिलाउन ध्यानाकर्षण गराउँदै सरकारले प्रस्ताव गरेको नयाँ सञ्चार नीति लोकतन्त्रको मूल्य र मान्यताविपरीत रहेकाले सच्याउन अनुरोध गर्नुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्यले नियन्त्रणमुखी सञ्चार नीतिले लोकतन्त्रको आधारभूत मूल्य तथा मान्यताविरुद्ध प्रहार गरेको भन्दै तत्काल सच्याउन र सबै सरोकारवाला पक्षको सहभागितामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभिन्न सञ्चारमाध्यमबाट निस्कासनमा परेका सञ्चारकर्मीको तत्काल पुर्नवहाली गर्न र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न सञ्चार प्रतिष्ठानलाई सचेत गराउनुभयो ।