भोजपुर, २४ असाेज । भोजपुरमा धारिलो हतियार खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ भोजपुर नगरपालिका ११ बाँसबोटे बस्ने स्थानीय २५ वर्षीय शुभन सुन्दास, ३१ वर्षीय सुशील सुन्दासले धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आफ्नी बहिनीलाई स्थानीय २० वर्षीय सबिन पाठकले जिस्क्याएको भन्दै उनीहरूले कुटपीटसंगै खुर्पा प्रहार गरेका हुन् ।
खुर्पा प्रहारबाट स्थानीय राजेश सुन्दासको २१ वर्षीय छोरा सुशील सुन्दास, २० वर्षीय सबिन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनालाई थप उपचारको लागि धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर रेफर गरिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुटपिटको क्रममा उनीहरू पनि घाइते भएका छन् ।












प्रतिक्रिया