
काठमाडौं, २३ असोज । टोखा नगरपालिका ११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोला सुनको सिक्री लुटिएको छ ।
बिहीबार बिहान घर अगाडि मुख धुने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।












प्रतिक्रिया