२ कार्तिक २०८३, सोमबार

बर्दियामा अवैध घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी सक्रिय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhira -यज्ञप्रसाद सापकोटा
बर्दिया, १४ फागुन । जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध घरेलु मदिरा नियन्त्रणको लागि अभियान तिव्र बनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बनाउँदै गरेको र विक्रि गर्न राखिएको घरेलु अवैध मदिरा पक्राउ गरी नष्ट गरीरहेको छ ।

गत फाल्गुन ८ गते देखि कार्ययोजना निर्माण गरी मदिरा र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्नका लागि परेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले हाल सम्म जिल्लाका विभिन्न स्थानबाट करिब एक हजार लिटर भन्दा बढि अवैध घरेलु मदिरा र तिन हजार लिटर भन्दा बढि अवैध घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग गरीने भाँडा समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले कालिका गाविसको शितला बजार र गुलरिया बजारका पसलहरुबाट अवैध घरेलु मदिरा पक्राउ गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण सिंहले दोस्रो पटक विभिन्न स्थानबाट मदिरा र मदिरा बनाउने कच्चापदार्थ भाँडाहरु पक्राउ गरेको बताए ।

madhira1यस अघि पनि प्रहरीले गुलरिया नगरपालिकाका विभिन्न स्थानबाट अवैध मदिरा र मदिरा बनाउनका लागि प्रयोग भएका सामाग्रीहरु पक्राउ गरेको थियो ।

उनले घरेलु मदिरा उत्पादन गर्नेलाई एक पटकको लागि चेतावनी दिएर छाडेको बताए । सिंहले कानुन विपरित मदिरा विक्रि वितरण गर्ने कसैलाई पनि नछाड्ने बताए ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले अवैध मदिरा सुर्तिजन्य पदार्थ चोरीका मोटरसाईकल नियन्त्रण, भन्सार छली गरेर ल्याउने सामाग्रीहरुको नियन्त्रणका लागि विशेष सक्रियता देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अनुसार सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई कारवाही गर्ने जनाएको छ ।