काठमाडौं, १४ फागुन । नेपाल टेलिभिजन कर्मचारी संघले महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।
वल्र्ड भिजन मिडिया वाईङ हाउस प्रालिले करिब ६ करोड बराबरको बैंक ग्यारेण्टी पेस गरेको कागजात नक्कली भएको र त्यसमा महाप्रबन्धकको पनि संलग्नता रहेको आरोपसहित नेपाल टेलिभिजन सञ्चालक समितिले छानबिनका लागि महाप्रबन्धक हुमागाईंलाई निलम्वन गर्ने सिफारिस गरिसकेको छ ।
महाप्रबन्धक हुमागाईं कारबारही सिफारिसलाई वेवास्ता गरेर कार्यालय प्रवेश गर्न खोजेपछि कर्मचारी संघले प्रवेशमा रोक लगाएका हुन् ।
यसअघि कर्मचारी संघले विज्ञप्ति जारी गरी निलम्वनको सिफारिस गरेपछि नैतिक रूपमा कार्यालयमा उपस्थित हुन नमिल्ने जनाएको थियो ।
छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि कार्यालयमा उपस्थित नभएर छानबिन कार्यमा सहयोग गर्न महाप्रबन्धक हुमागाईंलाई संघले पटक पटक आग्रह गरेको थियो ।
तर हुमागाईंले टेरपुच्छर नलगाएको कर्मचारी संघले लगाएको छ ।
कर्मचारी संघको आन्दोलनमा नेपाल पत्रकार महासंघ टेलिभिजन प्रतिष्ठान शाखा र नेपाल प्रेस युनियन टेलिभिजन शाखाले ऐक्यबद्धता जारी गरेका छन् ।
यसैबीच, नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष नीर शाहले अनियमितताको विषय छानबिन चरणमा प्रवेश गरिसकेकाले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनुभएको छ ।
संस्थानका महाप्रबन्धक हुमागाईंले नगदको कारोवारसम्बन्धी सम्पूर्ण विषय महाप्रबन्धकलाई जानकारी हुने विषय नभइ रकम र खर्च विवरण लेखा शाखाले हेर्ने भएको बताउनुभएको छ ।















प्रतिक्रिया