११ मंसिर २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री भट्टराईले टीका लगाए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

उनले हरेक वर्ष दशैँ मान्दै आएका छन् । भट्टराई पत्नि हिसिला यमीले पनि ससुरा भोजप्रसादको हातबाट टीका ग्रहण गरेकी छन् ।

विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’