२ कार्तिक २०८३, सोमबार

दलित महिला पार्टी राजनीतिमा भोट बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । नेपाली राजनीतिमा दलित महिलाको उपस्थिति सशक्त र अर्थपूर्ण हुन नसकेकै कारण उनीहरु पार्टी राजनीतिमा भोट बैंक मात्र बन्न परेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

दलित महिला सङ्घद्वारा आयोजित ‘राजनीतिक संरचना’ विषयक प्रशिक्षण कार्यक्रममा सङ्घका अध्यक्ष दुर्गा सोबले पार्टी राजनीतिमा दलित महिलाले हस्तक्षेपकारी भूमिका नखेलेसम्म उनीहरुको अस्तित्व नदेखिने बताउनुभयो ।

उहाँले दलित महिलाले आफू क्रियाशील पार्टीको नीति, नियम, विधि, विधान बुझेर मात्र अगाडि बढ्न आग्रह गर्दै दलित महिलाले पार्टीमा दबाब दिनसक्ने हैसियत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका महासचिव कला स्वर्णकारले विभिन्न राजनीतिक दलमा आबद्ध महिलालाई सङ्गठित र सशक्तीकरण गराउँदै मूलधारको राजनीतिमा ल्याउनु आजको आवश्यकता हो भन्नुभयो ।

राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले राज्यको राजनीतिक संरचना, राज्य सङ्गठनका प्रकार, संविधान, लोकतन्त्रलगायतका समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बाँके, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकलगायतका विभिन्न पार्टीमा संलग्न २१ महिलाको सहभागिता थियो ।