११ मंसिर २०८३, शुक्रबार

सन्धिखर्कमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २० असोज । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा  तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क–६ रातमाटामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टसहितको प्रहरी टोलीले उद्धारको काम गरिरहेकोे छ ।

मृतकको सनाखत हुुन सकेको छैन । जीप सडकदेखि करीब ३ सय मिटर खसेको बताइएको छ ।