
काठमाडौँ, १९ असोज । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी नेपाली गीतमा छमछमी नाचेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत बेरी चलचित्र ‘बुलबुल’को ‘माया ओइ ओइ’ गीतमा नाचेका हुन् ।
ढाका टोपी लाएर कार्यक्रममा सरिक भएका राजदूत बेरीले दशैंको शुभकामना समेत दिएका छन् । अमेरिकी मिसन परिवारले आयोजना गरेको कार्यक्रममा अमेरिकन नागरिकहरू पनि नेपाली पोशाकमा उपस्थित भएका थिए ।
‘दशैँ किन पनि एकदमै महत्वपूर्ण रहन्छ भने यो आफ्नो परिवार र आफन्तहरूसँग रमाउने अवसर हो’, दूतावासले भनेको छ ।












प्रतिक्रिया