११ मंसिर २०८३, शुक्रबार

धरानका ‘गुण्डानाइके’ सुब्बा पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । होटलका कर्मचारी र प्रहरीमाथि आक्रमणको आरोपमा धरानका विवादित तथा गुण्डा नाईके श्री सुब्बा पक्राउ परेका छन् ।  धरान १५ बगरकोटस्थित भिन्टेज लाउञ्ज एण्ड बारबाट प्रहरीले सुब्बालाई  मध्यराति नियन्त्रणमा लिएको हो ।

उनले सर्वसाधरणलाई धम्क्याउने, असुली र गुण्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । राती साढे ११ बजेसम्म पनि बारबाट निस्कन नमाने पछि बारका बाउन्सर, सेक्युरिटी गार्डले निस्कन आग्रह गर्दा उत्टै धम्काएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरीमाथि पनि उनले अभद्र व्यवहार गरेका कारण नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनीसँगै प्रहरीले अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने अन्य मा धरान–१७ का मिलन राई, धरान–८ का टाइसन लिम्बु, धरान–२ का राकेश दर्नाल रहेका छन् । उनीहरु सबै अभद्र व्यवहार अन्तर्गत मुद्वा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले राती ११ बजे पछि बगरकोटका होटलहरु बन्द गर्ने समयसिमा तोकेको छ । उनीहरु राजनीतिक संरक्षणमा पटक पटक यस्ता दुव्यवहारलगायतका मुद्वामा पक्राउ पर्दै आएका व्यक्ति हुन । उनी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका युवा संगठनका नेता हुन् ।

२०६० सालमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर ६ बर्ष जेल सजाय भुक्तान गरेका थिए । गत ०७५ भदौ २२ गते अभद्र व्यवहार मुद्दामा १० हजार धरौटीमा छुटेका थिए ।

०७५ फागुन १९ मा पनि सवारी अंगभंग मुद्दामा पक्राउ परेर १ लाख धरौटीमा छुटेका व्यक्ति हुन ।

धरान क्षेत्रमा उनले लामो समय देखि गुण्डागर्दी गदै आएका छन् ।