१ कार्तिक २०८३, आइतबार

स्वाइन फ्लु महामारी बन्दै, संक्रमितलाई खु्वाउने औषधि छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swin-fluकाठमाडौं, १४ फागुन । स्वाइन फ्लुका संक्रमित बढ्दै २० पुगेका छन् ।

तर,स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित संक्रमितलाई खुवाउने औषधि निश्चित परिणाममा मात्रै छ ।

भारतमा जस्तै नेपालमा पनि प्रकोप बढ्दै गए औषधिको अभाव हुने महाशाखाले जनाएको छ ।
महाशाखाले स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवानएनवानबाट संक्रमितहरुलाई खुवाउने ‘टामिफ्लु’ नामक औषधि सरकारसित हजार जनालाई पुग्ने मात्रै रहेको जनाएको छ ।

बजारमा नपाइने यो औषधि सरकारले निःशुल्क निजी तथा सरकारी अस्पतालहरुलाई दिँदै आएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले स्वाइनफ्लुका बिरामीलाई कम्तीमा ५ दिनको डोज दिनुपर्ने र आफूहरुसँग २५, ४५ र ७५ मिलिग्राम (एमजी) डोजका औषधि भएकाले बढीमा हजारजनालाई मात्रै पुग्न सक्ने बताए ।