
काठमाडौँ, १८ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले युवा संगठनको एकताको टुंगो लगाएको छ ।
एकतापछि संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा एकताको ३३५ केन्द्रीय सदस्य रहनेगरी एकता टुंगो लगाएको जानकारी दिइएको छ ।
साविक वाईसीएल नेपालबाट १५३ जना र साविक युवा संघ नेपालबाट १७९ जना चयन गरी ३३१ जना नयाँ केन्द्रिय समिति चयन गरेको हो। ३३५ केन्द्रीय सदस्य बाँकी ४ जना पछि वाईसीयलका तर्फबाट थप्ने सहमति भएको संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिएका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीचको एकतापछि युवा संगठनको नेतृत्वको जिम्मा तात्कालीन माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक बनेका थिए भने तत्काली एमालेको युवा संगठन युवा संघ नेपालका संयोजक रशेम पौडेलले राष्ट्रिय युवा संगठनमा सहसंयोजको जिम्मेवारी पाएका थिए ।
पारित केन्द्रीय सदस्यको बैठक आउँदो कात्तिक १८ र १९ गतेका लागि बोलाइएको छ भने २० र २१ गते राष्ट्रिय भेलाको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सिफारिसमा परेका केन्द्रीय सदस्यहरुलाई कात्तिक १० भित्र नागरिकताको प्रतिलिपि, सम्पर्क नम्बर र ईमेल ठेगनासहित व्यक्तिगत विवरण केन्द्रीय कार्यालयमा दर्ता गराउन निर्देशन समेत दिइएको छ ।
यी हुन् केन्द्रीय समितिमा अटाएकाहरु :












प्रतिक्रिया