११ मंसिर २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्रीलाई हटाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई हटाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनको ठाउँमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिएर पठाएको छ ।

क्षेत्रीलाई बिहीबार साँझ प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएको हो । उनीमाथि चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा लागेको स्रोतले जनाएको छ ।

प्राधिकरणले नियमित प्रक्रियाअन्तर्गत सरूवा भएको जनाएपनि क्षेत्रीलाई चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमण सम्बन्धी सूचना चुहाएको आरोप लगाइएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि १५ असोजमा मात्र एअर चाइनाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो ।