११ मंसिर २०८३, शुक्रबार

एनआरएनए उपाध्यक्ष आचार्यको घरमा तोडफोड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष कुल आचार्यको ललितपुर सानेपा हाइटस्थित घरमा तोडफोड भएको छ ।

ललितपुर प्रहरीका अनुसार घरको झ्यालका सीसा फुटेका छन् । अन्यत्र पनि आक्रमणको प्रयास भएको बताइएको छ ।

‘हतियारबाट आक्रमणको प्रयास भएको देखिएकाले हामीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेका छौँ,’ प्रहरीले भन्यो, ‘उच्च निगरानी, घटनास्थलको अध्ययन पनि निष्कर्षमा पुग्ने छौं ।’

आचार्यले दैनिक नेपालसँग कुरा गर्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिदै अभियुक्तलाई कानुनी कारबाहीको माग गरेका छन् । आक्रमणकारीले उनको सुत्ने कोठालाई लक्षित गरि आक्रमण गरेको आचार्यले बताए ।

 प्रहरीले आचार्यको घर आसपासको क्षेत्रमा निगरानी सुरु गरेको छ । शुक्रबार बिहानैबाट प्रहरीले अनुसन्धान प्रारम्भ गरेको हो ।

आचार्य एनआरएनएको अध्यक्षका प्रत्यासी हुन् । उनले आगामी विश्व सम्मेलनमा एनआरएनएको अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । केही दिनभित्र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने उनको तयारी छ ।