१ कार्तिक २०८३, आइतबार

दिल्लीमा नेपाली विद्यार्थी बलत्कार आरोपमा जेलचलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailनयाँदिल्ली, १४ फागुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का नेपाली पीएचडी सोधार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहारको अभियोगमा जेल परेका छन् ।

जेएनयूकै एक सहप्राध्यापक महिलाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाल बुधबार तिहाड जेल चलान भएका हुन् ।

नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे पीएचडी अध्ययन सकेर गत सोमबार मात्रै शोधपत्र अन्तर्वार्ता (भाइवा) समेत पूरा गरेका जयसवालले ‘आफूलाई बिहा गर्ने सर्तमा बलात्कार गरेको’ आरोप सहप्राध्यापक महिलाले लगाएकी छन् ।

अर्कातिर, पीएचडी शोधपछि जेएनयू होस्टलबाहिर बस्दै आएका जयसवालले गत साता युनिभर्सिटी प्रिन्सिपल कार्यालयमा सहप्राध्यापकविरुद्ध उजुरी दिइसकेको स्थानीय मिडियाले जनाएका छन् ।

‘सहप्राध्यापकले आफूसँग बिहा गर्न अनावश्यक प्रपञ्च रचेको, आफूले पीएचडी सकेर घर र्फकन चाहेको’ जयसवालले उजुरीमा उल्लेख गरेका छन् ।

वसन्तकुञ्ज उत्तरी थाना प्रहरीमा उजुरी परेपछि जयसवाललाई मंगलबार राति ११ बजे डेराघरबाट पक्राउ गरिएको एकसाथ कोठामा बस्दै आएका विद्यार्थी सर्वर रजाले बताए ।

विभिन्न विचारक समूह र प्राज्ञिक निकायमा क्षेत्रीय राजनीति तथा नेपाल-भारत सम्बन्धका आयाममा प्रवचन दिने जयसवाल इन्स्टिच्युट अफ पिस एन्ड कन्फिलक्ट स्टडिज (आईपीसीएस) मा नियमित स्तम्भकार रहेका छन् ।

उनी जेएनयूमा दक्षिण एसियाली अध्ययन केन्द्रसम्बद्ध रहेर शोधकार्य गर्दै आएका थिए ।

आरोप लगाउने सहप्राध्यापक जेएनयूको पूर्वी एसियाली केन्द्रअन्तर्गत चिनियाँ भाषा पढाउँदै आएकी थिइन् ।

दिल्लीस्थित नेपाली विचारक समूहमा परिचित जयसवालको पक्राउबारे परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएपछि नेपाली दूतावासले यसबारे सम्बद्ध प्रहरी प्रशासनमा जिज्ञासा राखेको थियो ।

दूतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठका अनुसार वसन्तकुञ्ज प्रहरीले जयसवाललाई बुधबार दिउँसो पटियाला अदालतमा उपस्थित गराएको र अदालती आदेशअनुसार अपराह्न न्यायिक हिरासतमा रहने गरी तिहाड जेल चलान गरेको कान्तिपुर दैनिकले छापेको छ ।

काउन्सेलर श्रेष्ठका अनुसार न्यायिक हिरासतमा कम्तीमा ३ महिनाको अनुसन्धान चल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियामा थप न्यायिक प्रक्रिया अघि बढाउन सकिनेछ ।