
काठमाडौँ । नेपाली सिने उद्योगमा चलेकी अेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुँदै गरेकी भेटिएकी छिन् ।
आफूले माया गरेको मान्छेको पर्खाइमा रुँदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्युजिक भिडियोका लागि कैद गरिएको हो ।
‘तिमीलाई भनेर म कुरिरहें बाटोमा, तर तिमी आएनौ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरसँगै केकीको अभिनय निकै खुलेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा निकै रुचाइएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि अर्जुन स्वयमले गरेका छन् ।
म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् ।
हेर्नुहोस् भिडियो :















प्रतिक्रिया