१४ कार्तिक २०८३, शनिबार

चितुवाको आक्रमणबाट १५ भेडाच्यांग्राकाे मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ असाेज । मुस्ताङबाट दसैंका लागि पोखरा ल्याइँदै गरेका भेडाच्यांग्रा कास्कीको अन्नपूर्ण गाँउपालिकामा चितुवाको आक्रमणमा परेका छन् ।

पोखरा बागलुङ लोकमार्गको काँढेमा चितुवाले बुधबार राति ७ भेडा र ८ च्यांग्रा मारेको स्थानीयले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले मुगुबाट मुस्ताङ हुँदै व्यापारीले भेडाच्यांग्रा चितुवाको आक्रमणमा परेको बताए ।

काँढे बजार नजिकै चौरमा बास बसेका भेडाच्यांग्रालाई चितुवाले आक्रमण गरेको थाहा पाएपछि व्यापारी उठेर हल्लाखल्ला गरेका थिए । हल्लाखल्ला गरेपछि चितुवा भागेको मुगुबाट आएका व्यवसायी छिरिङ लामाले बताए ।