
घाेराही, १७ असाेज । दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको ज्यान गएको छ ।
लमही नगरपालिका वडा नम्बर-९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही-१० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर ज्यान गएको हो ।
बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पाैडी खेन्ले क्रममा उनीहरू डुबेका थिए ।
तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।












प्रतिक्रिया