पोखरा, १७ असाेज । स्याङ्जाको वालिङ नगरपालिका–१३, गाहाँखोलास्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले विहीवार लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चेकजाँच गर्नेक्रममा बा३ख४९७१ नं को हाईस गाडीमा सवार म्याग्दीको बेनी–२ निवासी ३२ वर्षीय श्रीराम कार्कीले बोकेको झोलामा लागु औषध फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कार्कीको झोलाबाट नोफिन ७५ पिस, डाईजेपाम ७५ पिस, नाईट्राजेपाम ४३ पिस लागुऔषध बरामद गरिएको हो ।
त्यस्तै गल्याङ नगरपालिका–१३ गाहाँखोलाबाट नै लागु औषधसहित २ जना विहीवार पक्राउ परेका छन् ।
प्रहरीले भीरकोट–१ निवासी २१ वर्षीय भरत गुरुङ र २० वर्षीय सहितविन मियाँको साथबाट सिरिञ्ज ५ सेट, फेनरागन २३ पिस, डाइजेपाम २४ पिस, नोफिन २२ पिस बरामद गरेको जनाएको छ ।












प्रतिक्रिया