१४ कार्तिक २०८३, शनिबार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु   

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १६ असोज ।  ट्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

तीव्र गतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । –रासस