११ मंसिर २०८३, शुक्रबार

पाँच लाख घुससहित ओभरसियर पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ असोज । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले निज चौधरीलाई घुससहित निजकै कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । –रासस