११ मंसिर २०८३, शुक्रबार

संसदको वेबसाइटबाट हटाइयो महराको नाम र फोटो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेबसाइटबाट पनि हटाएको छ । संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम हटाइएको हो ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महरालाई बलात्कारको आरोप लगाएपछि उनले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा आएको संसद सचिवालयले बुधबार सूचना टाँस गरी जानकारी दिएको छ ।

महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा. भरतराज गौतमले  सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।

साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको छ । त्यसभन्दा तल डा. शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।