११ मंसिर २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपति सीको परीक्षण उडानको जहाज काठमाडौँ आइपुग्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि चिनियाँ जहाज काठमाडौंमा आएको छ ।चीनबाट परीक्षण उडानका लागि आएको विमान दिउँसो १.३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

चीनबाट बोइङ ७४७-८०० विमान काठमाडौं उत्रिएको एयर चाइनाको जहाज विमानस्थलमै छ । सन् २०१५ को मार्च २६ तारिखका दिन पहिलो उडान गरेको यो जहाज साढे ४ वर्ष पुरानो हो । काठमाडौंमा अवतरण गर्नुअघि यो जहाजले २८ हजार २५ फिट माथिबाट उडान गरेको रेकर्डबाट देखिन्छ ।

भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो । केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान फेरि सुचारू भएका छन् । एयर चाइनाको जहाज केहीबेरमै फर्किनेछ ।

विमानस्थलको अवस्था निरीक्षण र परीक्षण गर्न विमान काठमाडौं आएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बताएको छ ।

जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन् । सी असोजको २६/२७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन् ।