
काठमाडौँ, १५ असोज । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेकाे छ ।
मङ्गलबार प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर ६९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो । प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ ।
विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ ।















प्रतिक्रिया