६ कार्तिक २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिलाई स्वागतकाे तयारी शुरू, उपत्यकाको सडक मर्मत हुन थाले

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने भएपछि सरकारले काठमाडाैं  उपत्यकाको सडक मर्मत शुरू गरेको छ ।

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायत भिभिआइपी आउँदा उपत्यकाका सडक मर्मत गरेर चिटिक्क पारेको थियो ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत शुरू गरेकाे छ ।

सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विदेशी पाहुनालाई लक्ष्य गरेरभन्दा पनि नियमित सडक मर्मत गर्ने योजना अनुसार काम गर्न लागेको बताएका छन् ।