१४ कार्तिक २०८३, शनिबार

काठमाडाैंमा अवैध सुनसहित दुई जनालाई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ असाेज । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । यो सुनको मूल्य १२ लाख रुपियाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।