२ कार्तिक २०८३, सोमबार

एमाओवादी मोर्चाले बहुमतलाई अपहरण गर्न खोज्यो : सिँचाईमन्त्री सावद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NP-Saudमहेन्द्रनगर, १३ फागुन । सिँचाईमन्त्री एनपी सावदले विपक्षी दलहरु सहमतिमा नआए संविधान निर्माणका लागि प्रक्रिया अगाडी बढाइने बताउनुभएको छ ।

कञ्चनपुरको कृष्णपुर गाविसमा पर्ने गुलरियास्थित श्रीकृष्ण उच्च माविमा बुधबार बेलुकी आइएस्सी एजी डिप्लोमा कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री सावदले विपक्षी मोर्चा सहमतिमा नआए प्रक्रियाबाटै संविधान जारी गरिने बताउनुभएको हो ।

तर एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले उठाएका मुद्दालाई नजरअन्दाज गरेर सत्तापक्ष संविधान बनाउने पक्षमा भने नभएको उहाँको भनाई थियो ।

अल्पमतमा रहेको ३० दलीय मोर्चाले बहुमतलाई अपहरण गर्न खोजेको हो वा बहुमतले अल्पमतका मुद्दा समेट्नु प¥यो भन्ने बारे स्पष्ट हुन वार्ता र छलफल आवश्यक रहेको सिँचाई मन्त्री सावदले जिकिर गर्नुभयो ।

एकीकृत माओवादी जंगल जाने र सत्ता पक्षले एकीकृत माओवादीलाई निषेध गर्ने अवस्था नरहेको स्पष्ट पार्दै उहाँले संविधान निर्माणमा कुनै पनि दलको गुनासो राख्न नहुने बताउनुभयो ।

कार्यक्रममा मन्त्री सावदले गुणस्तरीय शिक्षामा जोड दिन र विद्यालयबाट बढेर अन्यत्र जाने विद्यार्थीको क्षमतामाथि कसैले औंला उठाउने अवस्था आउन नदिन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।