११ मंसिर २०८३, शुक्रबार

बसभित्र ५ जनाद्धारा युवतीमाथि सामूहिक बलात्कार

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १४ असोज । धरानबाट को १ ख ४६२७ नम्बरको बसमा एक युवतीको सामूहिक बलात्कार भएको छ ।

बसको अन्तिम सिटमा २२ वर्षीया युवतीमाथि बसकै कर्मचारीले बलात्कार गरेका हुन् । इटहरीमा अन्य यात्रुलाई ओरालेर युवतीलाई एक्लै बनाइ मदिरा पिलाएर सामूहिक करणी गरेका थिए । उनलाई गाडीबाट ओर्लन तथा बोल्नसमेत नदिई उनीमाथि बलात्कार गरेका थिए ।

करणीपछि ‘कसैलाई भने मारिदिन्छौं’ भनी युवतीलाई छोडेका थिए ।

तर संयोगवश त्यहीबेला प्रहरीको मोबाइल गस्तीको भेनलाई आफूमाथिको घटना सुनाएपछि दोषीहरुलाई सोमबार राती नै प्रहरीले पक्राउ गर्यो ।

पक्राउ पर्ने चार जनामा सुन्दर हरैंचा नगरपालिका १२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ का सुरज थापा, सिरहा लहान नगरपालिका ४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका ७ का आशिष कार्की छन् । उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । एकजना भने फरार रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।