६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । ग्लोबल आइएमई बैंकले आ.व.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको यही असोज १४ को ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.व.२०७५/०७६ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश (बोनश शेयर १२.७५ प्रतिशत र नगद लाभांश १२.७५ प्रतिशत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोवार गर्दै आएको छ ।

कूल १२९ अर्ब निक्षेप, १२१ अर्ब कर्जा लगानी रहेको बैंकको हाल १४७ वटा शाखाहरु, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १४८ एटिएम, तथा १८९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।