११ मंसिर २०८३, शुक्रबार

महरालाई बलात्कारको आरोप लगाउने महिलाले स्वास्थ्य परीक्षण गर्न मानिनन्

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लगाउने महिलाले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेकी छन् ।

प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनले स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन् । महानगरीय प्रहरी परिसर स्रोतका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी समेत दिएकी छैनन् ।

पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने प्रहरी समक्ष बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए ।

प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट जाँचबुझका लागि शंकास्पद ठहरिएका सामान नियन्त्रणमा लिइसकेको छ । यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन् ।

यता, महान्यायाधिवक्ता अग्नि खरेलले सर्वसाधारणलाई जस्तो कानुन लाग्छ त्यसरी नै महाराको विषयमा छानबिन हुने बताए ।

‘सभामुख वा ठूलो मान्छे भनिँदैन । कानुनबमोजिम जे हुनुपर्ने हाे त्यही हुन्छ’ खरेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भनेका छन् । यौन दुराचारको आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन् ।