१४ कार्तिक २०८३, शनिबार

कालीकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मान्म, १४ असोज । जिल्लाको खाँडाचक्र नगरपालिका–५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताउनुभयो । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उहाँले भन्न्नुभयो,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।” -रासस