११ मंसिर २०८३, शुक्रबार

दुवई सडक दुर्घटना : ६ जना नेपालीसहित ८ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा नेपालका रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरुको ठेगाना भने खुलेको छैन ।

६ जना नेपालीको सडक दुर्घटनामा निधन भएको प्रति समवेदना प्रकट गर्दै नेपाली दूतावास आवुधाबीका राजदूत कृष्णप्रसाद ढकालले मृतकका लागि आवश्यक सहयोग दूतावासले गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

दुर्घटनामा मृत्यु हुने अन्यमा पाकिस्तानी र भारतीय नागरिक रहेको युएईस्थित विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सोही दुर्घटनामा ६ जना घाइते भएका छन्।

त्यहाँको स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।