
काठमाडौँ, १४ असोज । साझा पार्टीले सभामुख कृष्णबहादुर महराको राजीनामा मागेको छ ।
संसद सचिवालयका एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन साझा पार्टीले माग गरेको हो।
प्रवक्ता सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै ‘हालसम्म प्राप्त सूचना र आरोपको गाम्भीर्यतालाई हेर्दा सभामुख महरालाई तुरुन्त राजीनामा दिन साझा पार्टी माग गर्दछ’ उल्लेख छ।
उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने विज्ञप्तिमा भनिएको छ ।
‘साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ । साझा पार्टी छानबिनपश्चात दोषीलाई प्रचलित कानुन बमोजिम सजायको माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला? भन्दै साझा पार्टीले प्रश्न समेत गरेको छ ।











प्रतिक्रिया