११ मंसिर २०८३, शुक्रबार

सभामुख महराले जबरजस्ती गरेका थिए, बयान र प्रमाणका आधार यस्ता छन्, राजीनामा देऊ !

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल/टिप्पणी

काठमाडौं, १४ असोज । ०४८ सालदेखि नै जनताको प्रतिनिधि भई तत्कालिन सदनदेखि दुईवटा संविधान सभामा सदस्य र हालको प्रतिनिधि सभामा पनि चुनाव जितेर सभामुख बनेका कृष्णबहादुर महराको राजनीतिक जीवन र नैतिकता ‘मात्तिएर’ सखाप भएको छ ।

यतिमात्र होइन, मात्तिनुसँगै उनी नैतिक रुपमा ‘पात्तिएको’ विषय पनि सतहमा आइसक्यो । यहि विषयले उनको सार्वजनिक प्रतिष्ठा ‘खत्तम’ भएको छ ।

यसको पुष्टि स्वयम् महराको त्यस घरमा पुगेको स्वीकारोक्ति, पीडित रोशनी शाहीको झन्डै आठ मिनेटको भिडियो बयान र उनीसँग रहेका जुत्ताको तलाऊसहित महराको फूटेको चश्माका टुक्राले प्रमाणित गरेको छ ।

पीडित महिलाका अनुसार ०४७ सालदेखि परिचय भए पनि ०४८ सालदेखि महरासँग उनका पति र उनको निकटता थियो । माओवादी युद्धकालबाहेक हरेक पटक महरा सदनमा प्रतिनिधि छन् र शाही त्यहाँ जागिरे पनि छिन् ।

महरा ‘दोषी’

सभामुख महराले आफू ति महिलाको साथी भएको र घर गएको स्वीकार गरेका छन् । साथमा मदिरा पिएको पनि स्वीकारेका उनले जबरजस्ती नगरेको भनेका छन् । उनले ‘जबरजस्ती करणी’ गरेको शाहीको बयान छ । यसको स्वतन्त्र पुष्टिचाहिँ मेडिकल टेस्टले गर्छ ।

तर शाहीको बयानअुनसार प्रतिकार गर्ने क्रममा कुटपिट भयो । सो क्रममा उनका शरिरमा निलडाम र चोट छन्, हाथापाईमा महराको चश्मा भाँच्चिएको छ । यसमा करणीको प्रयास भएको प्रारम्भिक बुझाई हुन्छ । महराको नियत शाहीको आरोपसँग मेल खानुको अर्को प्रमाणचाहिँ सभामुख जस्तो मानिस एउटी महिला कर्मचारीको डेरामै पुग्नुले नै ठहर्छ ।

मदिराको तालमा ‘यौनान्द’का लागि महरा ति महिलाकहाँ पुगेका थिए ।

शाहीकै बयानका आधारमा पटक–पटक यो क्रम चलेको थियो । त्यसैको निरन्तरता दिन महरा त्यहाँ पुगेको प्रस्ट भेटिन्छ । अर्कोचाहिँ, महरा र शाहीले सँगै एउटै गिलासमा यसअघि पनि मदिरा पिएको हुनसक्ने ‘लख काट्न’ सक्ने आधार पर्याप्त छन् ।

महरा दोषी हुन् भन्ने आधारको अर्को प्रमाण भनेको ढाँट्न खोज्नु । महरा सचिवालयले जारी गरेको खण्डन र महराकै बोली विरोधाभाष भए । अब उनले राजीनामा दिनुको विकल्प छैन ।

पीडित शाहीको बयानअनुसार ०७३ सालमा तत्कालिन सभामुख ओनसरी घर्तीमगरलाई पनि उजुरी दिइएको छ । उक्त उजुरीबारे तत्कालिन संविधानसभाकी अध्यक्षले किन कुनै कारबाही गरिनन् ? प्रष्टिकरण के लिइएको थियो भन्ने चिजको पनि अहिले खुलासा हुन आवश्यक छ । त्यो लुकाइनु पनि महरा दोषी हुनुको आधार हो ।

सबैभन्दा ठूलो प्रमाणचाहिँ पीडितको बयान, उनका शरिरका चोटपटक, घटनास्थलमा भेटिएका प्रमाण सुरक्षित हुनु हो । अब, प्रहरीले ति प्रमाणलाई विधि विज्ञान प्रयोगशालामा परिक्षण गराउनुपर्छ । घटनाको सबै विवरणको मुचुल्का उठाए सबै कुरा आउँछ ।

यौनहिंसा नेपालको मामलामा ठूलो अभियोग हो, यस्तो अभियोगले हरेक क्षेत्रका मानिसको जीवनमा धक्का त लागेकै छ नैतिक चरित्र पनि उदांगो भएका छन् ।

यतिमात्र होइन, महराले शाहीसँगको अन्तरवार्ताका क्रममा फोन गरी ‘हिजोको घटना सामान्य हो, पिएको बेला भयो’ भन्ने बोलेका छन् । यदि सामान्य घटना थियो भने, सभामुख जस्तो मानिसले पटक–पटक ति महिलालाई फोन गरी मनाउने प्रयास गर्नु भनेको ‘महरा गिल्टि’ छन् ।

२५ बर्षदेखि मौन 

शाहीले मिडियामा बयान दिने क्रममा उनमा त्रासदी, डर र पीडाको गहिरो अनुभूति र महसुस भएको पाइँदैन । तैपनि उनी पीडित हुन् । उनले मिडियामा बयान दिने क्रममा भनेकी छन् ‘तँैले मलाई यसो गरिस् कि तँ रहन्नस् कि म रहन्न, यसै पनि बेइज्जती उसै पनि बेइज्जती ।’

शाहीले यसो भन्नुका पछाडी दुईवटा विषयलाई गहनताका साथ विश्लेषण गर्न आवश्यक छ । यति लामो समयको सम्बन्ध स्थापित हुँदा शाहीले महरासँग केही माग गरेको हुनुपर्छ जुन महराले यत्तिकै टारिरहेका थिए र असह्य भयो वा असह्य पीडा भएपछि उनी सार्वजनिक गर्न बाध्य भइन् ।

उनलाई पारिवारिक पीडा र दबाब थियो भन्ने महरासँगको उनको ‘शंकास्पद सम्बन्ध’ पतिले पत्तो पाउनु र शंका गर्नु । अनि, महरा जबरजस्ती उनकामा आइरहनु पनि हो । जसले शाहीलाई निक्कै पीडा थियो ।

२५ बर्षसम्म झन्डै ०७३ सालसम्म महरासँग उनको सुखद सम्बन्ध रहेको पनि बुझ्न सकिन्छ । त्यसैबेला उनलाई पीडित बनाएपछि तत्कालिन सभामुख घर्तीलाई उजुरी दिएको उल्लेख गरेकी छन् ।

अर्कोचाहिँ, त्यति बर्षसम्म पीडित हुँदा पनि दिएको उजुरीको छानबिन गराउनका लागि उनले किन दबाब दिइनन् । वा त्यो बेला किन सहेर बसिन् प्रश्नचाहिँ त्यसको तीन बर्षपछि मिडियामा आउनुले उठाउँछ ।

शाही पिउनका लागि तयार भईन् र दुईवटा गिलास ल्याइन् । यसको अर्थ शाहीले महरासँग यसअघि पनि पिउने गरेकी थिइन् । थिइनन् भने सभामुख जस्तो मानिससँग यसै कोही पिउन सहज हिसाबले तयार हुँदैनन् । अड लाग्छ, त्यसको प्रतिकार गर्न सक्थिन् । या, मदिरा पिउने प्रस्तावकै क्रममा झपार्न सक्थिन् ।

अर्कोचाहिँ शाही जस्तो सामान्य मानिसको डेरामा सभामुख पुग्ने आधार चिसो सम्बन्धका कारण मात्र हुँदैन, त्यो डेरा देख्नु उनी एक्लै भएको थाहा पाउनु र पुग्नु पनि घटनाका दुवै पाटालाई मिहिनताका साथ विश्लेषण गर्नुपर्ने विषय हुन्छ ।

यद्यपि, सतहमा आएको घटनाले महिला पीडित हुन् । तिनले न्याय पाउनुपर्छ । पदीय जिम्मेवारी लिएको, व्यवस्थापिका प्रमुखले नैतिकता सिकाउनुपर्नेमा नैतिक आचरण नै हरण भएको व्यवाहार देखाएका कारण महराले राजीनामा दिनुपर्छ । यसमा कार्यपालिका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव हुनुपर्छ ।

महराले आजै राजीनामा गरुन् ।

(पीडित महिला सार्वजनिक रुपमा नै खुलेका कारण नाम राखिएको हो– सम्पादक)