रसुवा, १४ असाेज । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ ।
आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् । ड्याम साइडमा रहेको स्टोरमा आगलागी हुँदा करिब १ करोड मूल्य बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
सोमबार राति ११ बजेर ५ मिनेट जाँदा आगालागी भएको थियो । चिनियाँ टोलीले साढे ११ मा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया