
काठमाडौँ, १३ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।
संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाएकी हुन् ।
सभामुख महराले मदिरा पिएर आफूमाथि आइतबार बेलुका पौने ८ बजे कुटपिट गर्दै जबर्जस्ती करणीको प्रयास गरेको बताएकी हुन् ।
यो आरोपका विषयमा सभामुख महराले भने कुनै सत्यता नभएको र आफूलाई फसाउन खोजिएको मात्र बताएका छन् । त्यस्तै कर्मचारी समायाेजनकाे रिस पाेखेकाे समेत महराले भनेका छन् ।











प्रतिक्रिया