२ कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटीमा को-को भए मनोनित ? (विज्ञप्तीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)ले केन्द्रीय कमिटी विस्तार गरेको छ । बुधबार बसेको स्थायी कमिटीको सातौं बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको नामावलीलाई पारित गरेर केन्द्रीय कमिटी विस्तार गरेको हो ।

एमालेका महासचिव इश्वर पोखरेलले बुधबारको बैठकमा १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । ‘पार्टीको निर्णय अनुसार १० जना कमरेडहरूलाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरिएको छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरेलाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरिएको हो ।

एमाले स्थायी कमिटीको आगामी बैठक शनिवार फागुन १४ गते बस्ने महासचिव पोखरेलले बताउनुभयो । सदस्य मनोनयमा विवाद हुँदा यसअघिका बैठक निष्कर्षविहीन हुदै आएका थिए ।

एमाले विज्ञप्ती जस्ताको तस्तैः

फागुन १३, २०७१

प्रेस वक्तव्य

नेकपा (एमाले) स्थायी कमिटीको सातौं बैठक आज फागुन १३ गते पनि जारी रह्यो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि पार्टीका नेता कमरेडहरूसँगको परामर्शबाट अध्यक्ष कमरेडले नामावली प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकले देहायका कमरेडहरूलाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ –

१. कमरेड केदार न्यौपाने
२. कमरेड घनेन्द्र बस्नेत
३. कमरेड देवराज घिमिरे
४. कमरेड कृष्णगोपाल श्रेष्ठ
५ कमरेड कल्याणी खड्का
६. कमरेड प्रमेश हमाल
७. कमरेड सुमन प्याकुरेल
८. कमरेड हरि पराजुली
९. कमरेड रामकुमार ज्ञवाली
१०.कमरेड जया घिमिरे

स्थायी कमिटीको बैठक फागुन .१४ गते अपरान्ह ४.३० बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।
ईश्वर पोखरेल
महासचिव