
मुगु, १३ असोज । विप्लवका कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । सदरमुकाम गमगढीबाट कार्यालय जाँदा उनमाथि कुटपिट हुँदा उनी घाइते भएका हुन् ।
सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस भएका थिए ।
उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ । उनलाई बचाउन जाँदा आफूलाई समेत कुटपिट गरिएको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिकले जानकारी दिए ।
उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनको टाउकोमा ११ वटा टाँका लागेका छन् । थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ भने गृहमन्त्रालयसँग समन्वय गरि हेलिकप्टरमा उनलाई नेपालगञ्ज लाने तयारी गरिरहिएको प्रहरीले बताएको छ ।











प्रतिक्रिया