१४ कार्तिक २०८३, शनिबार

नौबिसे-नागढुंगा सडककाे जाम हट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, १३ असाेज । ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएपछि नौबिसे–नागढुङ्गा सडक खण्डमा सवारी आवागमन सहज भएको छ ।

दुई दिन अघिसम्म सवारी चापले आजित बनेको सडकमा प्रहरी परिचालन र ठूला मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएपछि जाम हटेको हो ।

साँघुरो सडक, घुमाउँरो मोडमा बढी लोड बोकेका ट्रकहरु बिग्रने र बिग्रेका ट्रकलाई तुरुन्तै हटाउन नसक्दा घण्टौँ सवारी लाम लाग्ने गरेको छ ।

सवारी जामले बिरामीको समेत मृत्यु भएपछि आइतबारबाट ठूला मालबाहक सवारी साधनलाई बढी सवारी चाप हुने समयमा रोक लगाएको छ ।

१० र १२ चक्के सवारीलाई खानीखोला भन्दा तलतिरका खाली ठाउँहरुमा साइड लगाउने र १८ चक्के सवारीलाई भने चितवनदेखि नै रोकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

‘चाडपपर्व मनाउन राजधानीबाट पूर्वपश्चिम जाने सवारीको चाप बढेका कारण ठूला मालबाहक सवारी प्रवेशमा रोक लगाएका हौं’, प्रहरी उपरीक्षक बैदवारले भने, ‘यात्रुहरुलाई सहज र सजिलैसँग गन्तव्यमा पुर्याउन ठाउँठाउँमा प्रहरी परिचालन गरेका छौं ।’

चाडपर्व नजिकिएसँगै त्रिभुवन राजपथमा पर्ने नौबिसे–नागढुङ्गा सडकखण्डमा सवारीको चाप अत्याधिक बढ्न थालेपछि कंलकीदेखि धादिङको सिम्लेसम्म नै सवारीको लाइन लागेको थियो ।

जसका कारण बिरामी, अत्यावश्यक काममा आवतजावत गर्ने र विदेशको यात्रा गर्न हिडेँकाहरु बढी मारमा परेका थिए । चाडपर्व लागेपछि सडकको मर्मत सम्भार, खाल्डाखुल्डीले सडक दुर्घटनाको जोखिम बढाएको छ ।