११ मंसिर २०८३, शुक्रबार

सशस्त्रद्धारा ७ लाख बराबरकाे चोरीपैठारीको सामान बरामद 

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असोज । सुनसरीको कोशी गाउँपालिका ८ बाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा वीरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान वीरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय वीरगंजमा बुझाएको छ ।