६ कार्तिक २०८३, शुक्रबार

कृषि बैंक ह्याक प्रकरण : लहान शाखाका ऋण प्रमुख पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । कृषि विकास बैंक ह्याक गरी २ करोड रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले बैंकको लहान शाखाका ऋण प्रमुखलाई पक्राउ गरेको छ ।

बैंकको लहान शाखाका ऋण शाखा प्रमुख सुनीलकुमार झालाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानमा बैंकका कर्मचारीको मिलेमतोमा ह्याक गरिएको पाइएको थियो ।

लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको रकम ह्याकरले लुटेका थिए । कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको थियो ।

ह्याक गरिएको २ करोड रकम काठमाडौंबाट निकाल्न लाग्दा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई गत मंगलबार दिउँसो ह्याक गरी लुटिएको रकम निकाल्दा-निकाल्दै प्रहरीले पक्राउ गरेको थियो ।

कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर ह्याकरले २२ जनालाई रकम ट्रान्सफर गरेको खुलेको थियो । ह्याकरले कृषि विकास बैंकमा खाता रहेका २२ जनालाई रकम पठाएको अनुसन्धानका क्रममा खुलेको छ ।

ह्याकर समूहले कृषि विकास बैंकको लहान शाखाको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेको थियो । गत आइतबार प्रहरीले एकैदिनमा ह्याकिङमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थप चारजना पक्राउ परिसकेका छन् ।

प्रहरीले हालसम्म लवाङ तामाङ, लक्ष्मी तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुभंकर पन्जा, विजय शाह, चन्द्र बहादुर बुढा, रामकृष्ण भुसाल, यज्ञराज भट्ट, मालती देवी न्यौपाने र गणेश बस्याललाई पक्राउ गरिसकेको छ ।