
काठमाडौँ, १२ असोज । आज सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको हो ।
शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो ।















प्रतिक्रिया