
काठमाडौँ, ११ असोज । बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ स्थित हनुमान चोकबाट असोज १० गते एपीएफ टोलीले करीव आठ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बाराको सिम्रौनागढबाट ना ६ ख ४१४५ नम्बर यात्रुवाहक बसमा लुकाएर काठमाडौंतर्फ ल्याउँदै गरेको दुई हजार पाँच सय ३१ पिस लेडिज कुर्ता सुरुवाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीको टोलीले असोज १० गते चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
को २ ह ५२१९ नम्बरको अटो रिक्सामा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित कोशी व्यारेजबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त अटो रिक्साको अन्दाजी मुल्य करीव तीन लाख ४७ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, सुनसरीको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्वेदिक औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद आयुर्वेदिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।











प्रतिक्रिया