५ कार्तिक २०८३, बिहिबार

एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई नगद ४ लाख रुपैयाँ सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ असोज । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौँ जिल्लाको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई यही असोज १० गते दिन ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विद्यालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि play station सामग्रीको व्यवस्थापन गर्नको निम्ति सहयाेग गरिएकाे हाे ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरे ।