११ मंसिर २०८३, शुक्रबार

फेसबुकले लाइक तथा रियाक्सन बटन हटाउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । के तपाईको फेसबुकको फोटा वा स्टाटसमा आएको लाइक वा कमेन्टले वास्तविक जीवनमा केही फरक पार्छ ? यदि लाइक र रियाक्सन धेरै भएमा मानिस निकै खुशी हुने तथा कम भए निराश हुने समस्या देखिन थालेका छन् ।

तर यो समस्याबाट कसैलाई दैनिक जीवनमा असर नपरोस् भन्ने भावनाले फेसबुकले लाइक तथा रियाक्सन हटाउने सम्भावनाको विश्लेषण हुन थालेका छन् ।

शुक्रबारदेखि अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फोटा वा स्टाटसमा कति जनाले लाइक र रियाक्सन गरे भनेर हेर्न नपाउने भएका छन् । यसअघि नै अष्ट्रेलियाका प्रयोगकर्ताहरूको इन्स्टाग्रामबाट यो सुविधा हटिसकेको छ ।

फेसबुकको यो कदम विवादास्पद भए पनि फेसबुकले कुनै पनि पोष्टबाट लाइक संख्या हटाउनु भनेको प्रयोगकर्तामा सामाजिक चाप कम गर्ने एउटा प्रयास भएको बताएको छ ।

फेसबुकले लाइक कमेन्ट भन्दा पनि मानिसहरुबीचको अन्तरक्रियाको गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने बहस उठेका छन् ।

लाइक र रियाक्सनको प्रतिस्पर्धाले युवा वर्गहरूको मानसिक स्वास्थमा हानी पुग्न गएको र अनावश्यक दवाव पर्ने गरेको अध्ययनले देखाएको छ ।

यो परिवर्तनबारे केहीले भने ठीक नभएको प्रतिक्रिया छ दिएका छन् । उनीहरूले लाइक संख्या उनीहरूको व्यवसाय लागि महत्वपूर्ण छ भन्दै आएका छन् ।

फेसबुकको यो परीक्षणको आउँदो दिनमा के गर्ने भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन ।